
काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
संसद विघटनपछिको परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
ओलीले आज बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
उक्त कदमविरुद्ध सर्वत्र आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस्