
काठमाडौं, पुस ६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीलाई पार्टीले कारबाहीको सिफारिश गरेको जानकारी अर्को पक्षले निर्वाचन आयोगलाई दिएको छ ।
सोमबार दिउँसो नेकपा नेता लीलामणि पोखरेल आयोग कार्यालय पुगेर आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिश गरेको जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि अर्का अध्यक्ष पुषपकमल दाहाल र माधव नेपाल पक्षीय स्थायी कमिटीले कारबाहीको सिफारिश गरेको हो ।
ओलीमाथि कार्वाहीसम्बन्धि सिफारिश मंगलबार बस्ने केन्द्रीय समितिमा लगेर निर्णय निर्णय गर्ने तयारी दाहाल–नेपाल समूहले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्