
बर्दिया, पुस ६ । बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेना र शिकारीबीच गोली हानाहान भएको छ ।
निकुञ्जको गिठ्ठे खोलानजिक खयर भट्टीमा ५–६ जनाको समूहमा रहेका शिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच आइतबार राती गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।
दुवैतर्फ फायरिङ भएपनि कुनै मानवीय क्षति नभएको निकुञ्जको भनाइ छ ।
निकुञ्जको नियमित गस्तीका क्रममा रहेका बेला वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा नेपाली सेनाले दुई शिकारीलाई पक्राउ गरेको छ ।
फरार रहेका अन्य शिकारीको खोजी कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्