
काठमाडौं, पुस ६ । प्रतिनिधि सभा विघटन र मध्यावधी निर्वाचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।
वैशाखमा हुने भनिएको मध्याबधी निर्वाचनलाई जनतामाझ धुमलिएको छबि सुर्धाने अवसरमा परिणत गर्ने समेत पार्टीले तयारी गरेको छ ।
सोमबारबाट शुरु भएको पार्टी कार्यसम्पादन समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले संसद विघटन गरेर संविधानको मर्म विपरित प्रधानमन्त्री ओलीले कदम चालेपनि यसबाट पार्टीले अघिल्लो निर्वाचनबाट गुमाएको हैसियत फिर्ता गर्ने अवसरको रुपमा परिणत गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
थापाले फेसवुकमा खुलेको पार्टीहरु वैकल्पिक हुन नसक्ने भन्दै आमनिर्वाचनले राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गर्नुभयो ।
बैठकमा समसामयीक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पशुपति शम्शेर जबराले नम्बर वान भ्रष्ट देशको तक्मा पाइरहँदा होली वाइन खाने बेला सुशासनको तक्मा पाएको भन्दै सरकारको कटाक्ष गर्नुभएको थियो ।
राष्ट्रपतिको भुमिका अभिभावकत्वग्रहण गर्न योग्य नभएको भन्दै उहाँले हिन्दु राज्य र राजसंस्थाको पुनः स्थापना अहिलेको आवश्यकता भएको बताउनुभयो ।
पार्टी एकता पश्चात् दोस्रो पटक बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीका तीनै अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल हुनेछ ।
बैठकमा अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पार्टीको मिसन र एजेण्डाहरुको विषयमा प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
मंगलबारसम्म चल्ने बैठमा पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका छलफलका साथै पार्टी महाधिवेसनको विषयमा छलफल हुनेछ ।
राप्रपाले बैशाख महिनामा पार्टी महाधिवेसन गर्ने गरि कार्यतालिका ल्याउने तयारी गरेको छ ।
यस्तै हिन्दुराज्य र राजसंस्थाको पुनः स्थापनाका लागि संघर्षका विभिन्न कार्यक्रम बैठकबाट निर्धारण गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्