
पोखरा, पुस ६ । पोखरामा संसद विघटनको पक्ष र विरोधमा प्रदर्शनहरु भएका छन् ।
विघटनको पक्षमा नेकपाका युवा तथा विद्यार्थी संगठनको एक समूहले प्रदर्शन गरेको छ ।
प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायतको सहभागिता थियो ।
उता, पूर्व सभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले विघटनको विरोध गर्दै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्