
काठमाडौं, पुस ७ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु. ३०० ले ओरालो लागेको छ ।
छापावाला सुन प्रतितोला रु. ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ ।
छापावाला सुन सोमबार प्रतितोला रु. ९५ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन मंगलबारका लागि प्रतितोला रु. ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुन प्रतितोला रु. ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो ।
यसैगरी चाँदी प्रतितोला रु. पाँचले घटेको छ ।
प्रतितोला रु. एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी मंगलबार भने प्रतितोला रु. एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्