२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा फेरि छायो हरियाली, एकै दिन ९५ अंकले बढ्यो नेप्से


0
Shares

काठमाडौं, पुस ७ । मुलुकमा बढेको राजनीतिक अन्यौलताले अलमलमा परेका शेयर लगानीकर्ता मंगलबार भने एकाएक हौसिएका छन् ।

आइतबार एकै दिन ९६ अंकले ओराले लागेको बजारमा सोमवार र मंगलवार गरी एक सय २५ अंकले सुधारिएको छ मंगलवार एकै दिन ९५ अंकले बजार उकालो लाग्दा परिसुचक दूई हजार ६१ विन्दुमा पुगेर थामियो ।

यस दिन कारोवार रकम पनि साढे ६ अर्ब बढीको भएको छ ।

ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ इन्डेक्स पनि १५ अंकले उकालो लाग्दा ३ सय ९१ पुगेको छ ।

मंगलवार सबैभन्दा बढी जिवन बिमा ९ सय ५० अंकले बढ्दा निर्जिवन बिमा ५ सय २७ अंकले बृद्धि भयो ।

यस्तै उत्पादन समुह १ सय १३, लघुवित्त समुह १ सय ७ अंकले सुधार आउदा अरु समुहमा पनि दोहोरो अंकको सुधारिएका छन् ।

मंगलवार १ सय ५९ कम्पनीको शेयर मुल्य बढ्दा आठ कम्पनीको मुल्यमा गिरावट आयो बाँकी आठ कम्पनीको मुल्य भने स्थीर रहेको नेपाल स्टक एक्सचेनजले जनाएको छ ।

मंगलवार २ सय ५ कम्पनीको १ करोड २७ लाख बढी कित्ता शेयर ६ अर्ब ७४ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।