१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु पुगे सर्वोच्चमा


0
Shares

काठमाडौं, पुस ७ । संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु सर्वोच्च अदालत पुगेका छन् ।

विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर मंगलबार सर्वोच्च अदातल पुगेका हुन् ।

उनीहरुले संसद विघटन हुँदा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै संसद विघटन गर्ने राष्ट्रपतिको कदमलाई उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका हुन् ।

रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

यसअघि संसद विघटन विरुद्ध सर्वोच्चमा १३ वटा रीट परिसकेका छन् ।