
फाइल तस्बिर
वीरगञ्ज, पुस ७ । तराईमा बढेको चिसोका कारण जनजिवन प्रभावित भएपनि संघीय तथा स्थानीय सरकारबाट कुनै पहल गरिएको छ्रैन ।
एक हप्तादेखि बढेको चिसोका कारण जनजिवन प्रभावित हुनुका साथै चिसोले कठ्यांग्रिएर तराईमा मृत्युसमेत हुन थालेको छ ।
पुस महिना शुरु भए यता तराईका जिल्लाहरुमा शितलहरका कारण जनजिवन नराम्ररी प्रभावित भएको छ ।
यता, पर्सा जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्षमा ४४ लाख रुपैयाँकोे न्यानो कपडा जेष्ठ नागरिकहरुलाई बाँडने निर्णय गरेको छ ।
यस्तै, डिभिजन वन कार्यालय रौतहटसँग दाउरा माग गरिएको पनि प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्