
चितवन, पुस ७ । चितवनमा यस वर्ष धान उत्पादनमा कमी आएको छ ।
समयमै मनसुन सक्रिय भएर रोपाइँ सकाएका किसानहरुले राम्रो धान उत्पादन हुने आशा गरेपनि सोचे अनुसार नभएको हो ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा वर्षे धानको खेती गर्दा जिल्लाभर १ लाख ३ हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको छ ।
जबकी सोही क्षेत्रफलमा गत वर्ष १ लाख १४ हजार ९०६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
चालु आर्थिक वर्षको उत्पादन विगत ३ आर्थिक वर्षको तुलनामा सवैभन्दा कम हो ।
यस्तै जिल्लामा धान उत्पादकत्व क्षमतामा पनि ह्रास आएको छ ।
गत आर्थिक वर्षमा प्रति हेक्टर ४ दशमलव २१ मेट्रिक टन धान उत्पादन भएपछि यस वर्ष ३ दशमलव ७९ मा खुम्चिएको छ ।
प्रतिक्रिया दिनुहोस्