२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शिवराज नगरपालिकाबाट ८६१ जना विद्यार्थीलाई स्वीटर वितरण


0
Shares

कपिलवस्तु, पुस ७ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले ८ सय ६१ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

वडामा रहेका ८ वटा विद्यालयमा कक्षा ५ सम्म अध्यानरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

छ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरेर वार्षिक कार्यक्रम राखिएको बताइएको छ ।

निम्न वर्गका बालबालिकाहरु जाडोमा न्यानो कपडाको अभावले गर्दा विद्यालय नआउने समस्या हुने र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव पर्ने भएकाले न्यानो कपडा वितरण गरिएको सापकोटाले बताउनुभयो ।

वडाले न्यानो कपडा वितरण गर्न २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।