
काठमाडौं, पुस ७ । कुल गार्हस्थ उत्पादनको अनुपातमा चालु वर्षमा कुल निक्षेप र लगानी बढ्दै गएको छ ।
अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार विपन्न क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अनुपात ६ दशमलव सात आठ प्रतिशत पुगेको छ ।
वि.स. २०७६ को असोज सम्म बैक तथा वित्तिय संस्थाको संख्या नौ हजार एक सय १० रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ७ सय ९३ संस्था बढेर ९ हजार ९ सय तीन पुगेको छ ।
यस्तै चालु आर्थिक वर्षको असोज सम्ममा एटिएमको संख्या पनि गत वर्षको सोहि अवधिको तुलनामा ६ सय ७१ ले बृद्धि भई चार हजार एक सय ९१ पुगेको छ ।
यस्तै चार सय ४८ स्थानीय तहमा वाणिज्य बैकको शाखा विस्तार भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गत वर्षको तुलनामा यो वर्ष निक्षेप र कर्जाको व्याजमा पनि भारि अंकले गिरावट आएको छ ।
गत आर्थिक वर्षको असोज महिनामा ६ देखि ११ प्रतिशत सम्म रहेको निक्षेप र कर्जाको व्याज चालु वर्षमा ५ देखि साढे ९ प्रतिशत सम्म रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्