१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ३६ पुग्यो


0
Shares

बर्दिया, पुस ८ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेर ३६ पुगेको छ ।

एक दशक यता चोरी शिकारीका घटना शून्यमा झरेपछी गैडाको संख्यामा वृद्धी आएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सन् २०१५ को गणनामा निकुञ्जमा गैडाको संख्या २९ थियो भने सन् २०२० मा यो संख्या बढेर ३६ पुगेको निकुञ्जका प्रमुख संरक्षक अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

निकुञ्जको कर्णाली तटीय क्षेत्रमा ३० र बबई उपत्यकामा ६ वटा गैडा रहेका छन् ।

जसमा ११ भाले, १९ पोथी र ६ वटा बच्चा गैडा रहेका छन् ।

गैडा संरक्षणको प्रचार प्रसार, पहिचानको आधारमा अनुगमन तथा निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयहरु समेत संरक्षणमा जुटेपछी गैडाको संख्यामा वृिद्ध भएको अधिकृत श्रेष्ठको भनाइ छ ।

सन् २००८ अघि बबई उपत्यकाबाट डेढ दर्जन गैडा चोरी शिकारीको मारमा परेका थिए ।