
सुरेन्द्र भण्डारी (इमेज)
झापा, पुस ८ । बहुप्रतिक्षित शिलगुढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढेको छ ।
झापाको चारआलीमा २३ विगाहा क्षेत्रफलमा ५० किलोमिटर लामो पाइपलाइन बिस्तार गरेर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचनाको काम अघि बढेपछि स्थानीय खुशी भएका हुन् ।
चालू आर्थिक वर्षको अन्त्यबाट झापाको चारआलीदेखि भारत पश्चिम बंगालको शिलगुढीसम्म पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ ।
प्रदेश नम्बर १ मा पेट्रोलियम पदार्थको आयात सहज बनाउन झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गर्न लागिएको हो ।
जसका लागि सर्भेको काम सम्पन्न भएको नेपाल आयल निगम चारआलीले जनाएको छ ।
भारतीय टोलीले प्रारम्भिक रेखांकनको काम सम्पन्न गरेसँगै नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरीएको हो ।
भारत पश्चिम बंगालको सिलिगुडीदेखी झापाको चारआलीसम्म निर्माण हुन लागेको करिब ५० किलोमिटर लामो पाइपलाइन निर्माणस्थलको अवस्थाबारे संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको टोलीले समेत स्थलगत अवलोकन गरेको छ ।
सर्भेको काम सकिएको र भण्डार गृह निर्माण गर्ने समेत परामर्शदाता चयन भइसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
पाइपलाइन निर्माण भएको खण्डमा भारतसँग अन्तरदेशीय इन्धन आयात गर्ने दोस्रो पाइपलाइन हुनेछ ।
अमलेखगन्ज मोडालिटीबाटै निर्माण हुने पाइपलाइन करिब १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य आयल निगमको छ ।
करिब ५० किलोमिटर लामो पाइप लाइनको करिब ३५ किलोमिटर भाग भारतीय र १५ किलोमिटर नेपाली भूभागमा पर्ने निगमका मेकानिकल इन्जिनियर तथा निर्देशक वीरेन्द्रकुमार गोइतले बताउनुभयो ।
निगमले अहिले पाइपलाइनलाई पूर्व–पश्चिम राजमार्गको दायाँ – बायाँ भाग प्रयोग गर्ने या मेची पुल दक्षिणको जमिनबाट सोझै चारआली जोड्ने विकल्पबारे छलफल गरिरहेको छ ।
निगमले चारआलीमा र पाइपलाइन आयोजना र एलपीजी ग्यास भण्डार गृह निर्माण गर्न ६२ करोड ६३ लाख रुपैयाँ खर्चेर २३ बिघा तीन कट्ठा १३ धुर जग्गा खरिद गरिसकेको छ ।
आयल निगमका अनुसार चारआलीमा करिब चार हजार मेट्रिक टन क्षमताको एलपीजी ग्यासको भण्डारसमेत निर्माण गरिनेछ ।
यो प्लान्टको एलपीजी ग्यासले प्रदेश १ लाई ५० दिनसम्म पुग्न सक्छ ।
भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश–१मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्