
तनहुँ, पुस ९ । पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
कोरोनाका कारण लकडाउनले प्रभावित बनेको बन्दीपुरमा आन्तरिक पर्यटनको चहलपहल बढेसँगै यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारै तंग्रिन थालेको हो ।
बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिनुभयो ।
गर्मीमा चिसो हावा चल्ने र जाडोमा विहानै घाम लाग्ने भएकोले बन्दीपुरमा पर्यटकको भिडभाड बढेको हो ।
तर कोरोनाका कारण विदेशीको आगमन भने ठप्प नै छ ।
बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित यहाँका व्यवसायी पर्यटक स्वागतमा जुटेका छन् ।
राती बास बस्ने पर्यटकको संख्या कम रहे पनि दिउँसो घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहेको छ ।
अहिले दैनिक ४ सयदेखी ५ सयसम्म पर्यटकहरु बन्दीपुर घुम्न आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्