२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


धरहरा पुननिर्माणको काम २० औं तला सकियो


0
Shares

काठमाडौं, पुस ९ । भूकम्पका कारण पूर्ण रुपमा क्षति भएको धरहरा पुननिर्माणको काम २० औं तला सकिएको छ ।

वि.स. २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तला सम्पन्न गर्ने काम भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

अहिले २० औं तलामा बन्ने बारताली बनाउने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

यसै आर्थिक वर्षमा सक्ने गरि निर्माण कार्य भइरहेको धरहरामा जमिन मुनीको दुइ तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्नेछ ।

आगामी असार मसान्तसम्म मुलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई धरहरा हस्तान्तरण गरिने सिइओ ज्ञवालीको भनाई छ ।

धरहरा २३ तलाको बन्नेछ भने धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल बनाइनेछ ।