
काठमाडौं, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन पेश गरेको बताउनुभयो ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसँग सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको छ ।
९ हजार ३८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको हो भने ७८६ उजुरी सुझाव सहित तामेलीमा पठाइएको छ ।
राष्ट्रपति भण्डारीलाई बिहीबार बुझाइएको आयोगको ३० औं वार्षिक प्रतिवेदन अनुसार यो अवधिमा १ अर्ब ९ करोड ६२ लाख बिगो माग दाबी गरेर विशेष अदालतमा २०० मुद्दा दर्ता गरिएका छन ।
जसमध्ये गैरकानुनी सम्पत्ति आर्जनतर्फ १८ र एक करोड भन्दा बढी बिगो भएका मुद्दा २९ वटा छन ।
जसमध्ये १५३ वटा मुद्दामा एक लाख भन्दा कम बिगो माग दाबी गरिएका छन ।
प्रतिक्रिया दिनुहोस्