
जनकपुर, साउन २९ । हिन्दूहरुको चाड जनैपूर्णिमाका अवसरका प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
हिन्दु धर्मावलम्बीहरूको चाड रक्षाबन्धनका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश २ सरकारले सूचना जारी गरी जानकारी दिएको हो ।
प्रदेश २ सरकारद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि जनै पूर्णिमाको अवसरमा बिहीबार बिदा दिने निर्णय गरेको छ ।
साउन २२ गते बसेको मन्त्रिपरिषद् बैठकले जनै पूर्णिमाको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्