१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


इथियोपियामा विद्रोहीको आक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो


0
Shares

काठमाडौं, पुस ११ । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने रेडक्रसले जनाएको छ ।

प्रधानमन्त्री अबी अहमदले विद्रोहीको हमला निन्दनिय भएको भन्दै कारवाहीको भागीदार बन्ने चेतावनी दिनुभएको छ ।

विद्रोहीहरुले मेटेकल क्षेत्रको बुलेन काउन्टीको बेकोजी गाउँमा सर्वसाधारणममाथि जथाभावी गोली प्रहार गरेका थिए ।

विद्रोहीको आक्रमणका कारण् चार लाख भन्दा बढी बिस्थापित भएको स्थानीय मानवअधिकार आयोगले जनाएको छ ।

जातीय हिंसा भइरहेको सो स्थानमा बिद्रोहीले पटक पटक व्यक्ति हत्या र अपहरणका घटनाहरु दोहोर्‍याइरहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

विद्रोहीको आक्रमणलगत्तै सरकारी सेनाले सुरक्षा दिएपनि सर्वसाधारण भने अझै त्रसित नै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत सेप्टेम्बरदेखि विद्रोहीहरुले सो स्थानलाई निशाना बनाउँदै पटक पटक हिंसात्मक आक्रमणहरु गरिरहेका छन् ।

इथियोपियामा आगामी जुनमा निर्वाचनको घोषणा भएको छ ।

तर त्यसअघि नै विभिन्न जातीय समूहहरुबीच पटक पटक झडप हुँदा कयौं सर्वसाधारण मारिनुका साथै विस्थापित पनि भएका छन् ।

युरोपियन युसनियनले विज्ञप्ती जारी गरेर जातीय हिंसा र मानवअधिकार उल्लंघनका घटना नदोहो¥याउन विद्रोहीहरुलाई चेतावनी दिएको छ । (एजेन्सी)