
तस्विर फाइल
काठमाडौं, पुस ११ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।
दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।
सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् ।
समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् ।
खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्