२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन मंगलबारदेखि खुल्ने


0
Shares

काठमाडौं, पुस ११ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।

गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।

अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुने विभागले जनाएको छ ।