
रसुवा, पुस ११ । रसुवामा चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।
गोसाईकुण्ड गाउँपालिकाले आप्mनो ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।
चिसो बढेसँगै गाउँपालिकामा रहेका ७० वर्ष उमेर भन्दा माथिका वृद्धवृद्धालाई चिसोबाट जोगाउनका लागि गाउँपालिकाले न्यानो कपडा वितरण गरेको हो गाउँपालिकाका ४ सय ४२ जना वृद्धवृद्धालाई न्यानो कपडा स्वरुप कमलसहित आवश्यक न्यानो कपडा वितरण गरीएसँगै सर्वसाधरण खुशी भएका छन् ।
गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य परीक्षण, महिलाहरुको स्तन क्यान्सर सम्बन्धी जाँच फिजियोथेरापी लगायतमा स्वास्थ्य सेवाहरु प्रदान गरिएको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष करग्याल्मो श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाको ६ वटा वडाका ९ स्थानमा पुगेर अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताउनुभयो ।
अभियानबाट ५ हजार भन्दा बढी लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्