१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल-नेपाल समूहले वैधानिकता पाउनेमा शंका : अध्यक्ष थापा


0
Shares

काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दाहाल–नेपाल समूहले वैधानिकता पाउनेमा शंका व्यक्त गर्नुभएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको उहाँको तर्क छ ।

तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा बिना प्रमाण राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै उहाँले अहिले दाहाल–नेपाल समूहलाई त्यस्तै हुनसक्ने आशंका गर्नुभयो ।

वि.स. २०६३ सालपछि काँग्रेस र कम्युनिस्टहरुले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागबण्डा गरेर पार्टी निकट व्यक्ति राखेकाले अपवादबाहेक न्याय दुर्लभ भएको उहाँको भनाइ छ ।