
डोलराज रानाभाट (इमेज)
चितवन, पुस ११ । देशकै पर्यटन क्षेत्र कोरोना कहरमा गुज्री रहेकै बेला पर्यटकीय नगरी चितवन भने तंग्रीने प्रयासमा छ ।
पर्यापर्यटनमा मात्रै नभई कृतिम रुपमा निर्माण गरीएका पर्यटकीय गन्तब्यले पनि अहिले चितवनमा आफ्नो स्थान बनाउँदै गएको देखिन्छ ।
भरतपुरमा रहेको अम्ब्रेला स्ट्रिटमा यहि कोरोना महामारीकै बीच रमाउनेहरुको भीड लाग्ने गरेको छ ।
तिलमाया बर्तोला कोरोना कहरको बेवस्ता गर्दे राप्ती २ चितवन बाट आउनुभएको हो ।
लामो समय घरमा बस्दाको पट्यारीलो थकान मेटाउन परिवार सहित आउनुभएको उहाँ अम्ब्रेला स्टिट्र घुमेर मन बहलाउँदै हुनुहुन्छ ।
उहाँ जस्तै कोहि परिवारको साथमा त कोही साथीहरुको साथमा यो अम्ब्रेला स्ट्रिट घुम्नेहरुको यसैगरी दिनुहँजसो घुँइचो लाग्ने गरेको छ ।
त्यसो त पटिहानी पर्यटनको भर्जिन क्षेत्र हो ।
नजिकै कलकल बगेकी राप्ती, केही दुरमै चितवन राष्ट्रिय निकुञ्ज अनि पहेँलपुर तोरी फूलेको ढकमक्क फूलले सबैलाई लोभयाई रहेको हुन्छ ।
बाहिरी वातावरण नै यसै त रमणीय छ नै अझ भित्रको बनावटले घुम्नेहरुको मन नलोभिने कुरै भएन् ।
मंललपुरकी लक्ष्मी भुजेलको मुखमा मास्क छैन । कोरोनासँग डर लागेन भन्दै साथीहरुसँग मिलेर घुम्न थालेको धेरै भयो ।
बारादेखी आएकी उर्मिला श्रेष्ठले पनि यो घुमाईको आनन्द लिइरहनुभएको छ ।
छोरी ज्वाईको साथमा आउनुभएकी उहाँ पहिलो पटक अम्व्रेला स्ट्रिट घुम्न पाउँदा मक्ख देखिनुहुन्छ ।
केही हप्ता चलेर कोरोनाकै कारण ठप्प हुन पुगेको यो स्ट्रिट पुनः सञ्चालनमा आउन थालेपछि यसले आन्तरिक पर्यटनको मन खिच्न थालेको छ ।
स्थानीय युवा अपिल घिमिरेले पटिहानी पर्यटनको सम्भावित क्षेत्र भएको बताउनुहुन्छ ।
पूर्वमा सितामाइ र पश्चिममा जगतपुर रहेकाले पनि यसको महत्व धेरै रहेको उहाँको भनाई छ ।
अम्ब्रेला स्टिट व्यवस्थापन समितिका अध्यक्ष निकण्ठ तिवारीले विदाको समय ३ हजार ५ सय सम्म दैनिक र अन्य समय ६ सय सम्म पर्यटक आउने गरेको बताउनुभयो ।
पश्चिमतर्फ रेहेको ३ कठ्ठा जमिनमा डिपिआर तयार पारेको र ७० देखि ८० फिट अग्लो भ्यु टावर बनाउने योजनाले आन्तरिक पर्यटकलाई झनै आकर्षण गर्ने छ ।
जसले निकुञ्जका वन्यजतु हेर्न सकिने छ भने पटिहानी फाँट सहित प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिनेछ ।
कोरोना र लकडाउनले आत्तिएका मानिसहरु छोटो र कम खर्चमा घुम्न सकिने ठाउँको खोजीमा छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्