२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फ्रान्समा पनि कोरोनाको नयाँ भाइरस संक्रमणको पुष्टि


0
Shares

काठमाडौं, पुस ११ । फ्रान्समा पनि कोरोनाको रुपान्तरित नयाँ भाइरसको संक्रमण पुष्टि भएको छ ।

बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो ।

नयाँ प्रकारको कोरोना भाइरस यसअघिको भन्दा संक्रामक रहेको चिकित्सकहरुले बताएका छन् ।

डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनी टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र अहिले उनी सेल्फ आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायतमा रुपान्तरित कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका थिए ।

फ्रान्सले पनि सीमा बन्द गरेको थियो, तर गएको बुधबारदेखि पुनः खुला गरिएको हो ।

२१ डिसेम्बरका अस्पतालमा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको हो ।

बेलायत बस्दै आएका ती फ्रान्सेली व्यक्तिबारे थप जानकारी दिइएको छैन ।

कोरोना भाइरसको रुपान्तरित स्वरुपको संक्रमण पहिलोपटक गएको सेप्टेम्बरमा इंग्ल्याण्डमा पुष्टि भएको थियो ।

त्यसकै कारण पछिल्ला दिनहरुमा संक्रमण तीव्र भएको ठानिन्छ । (एजेन्सी)