
काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार मदनमणि दीक्षितको निधनप्रति शोक व्यक्त गरेकी छिन् ।
एक शोक सन्देश दिँदै उनले, ‘वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको’ उल्लेख गरेकी हुन् ।
शोकसन्देशमा दीक्षितको योगदानको स्मरणसहित श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।
यसैगरी, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
देउवाले स्व दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्