
झापा, पुस १२ । झापाको मेचीनगर– ६ नकलबन्दा हुँदै भारततर्फ निकासी गरिन लागेको विभिन्न देवीदेवताका १६ मुर्तिसहित ९७ थान दियो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको विशेष टोलीले नकलवन्दा नाकाहुँदै भारततर्फ लैँजादै गरेको चाँदी र तामाको लेपन गरिएका सरस्वती, दुर्गा र गौतमवुद्धका मुर्ति बरामद गरेको हो ।
वरामद गरिएका मुर्तिको मूल्य एक लाखदेखि ८ लाख रुपैयाँसम्म पर्ने बताइएको छ ।
पुरातत्व विभागले यसको बेचबिखनमा रोक नलगाएको भए पनि लुकीछिपी अवैधरुपमा कारोवार भएको पाइएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्