
काठमाडौं, पुस १२ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ९८ मा आइपुगेको छ ।
यसदिन कारोबार भएका सबैजसो समुह ओरालो लागेसँगै नेप्से पनि ओर्लिएको हो ।
यसदिन जीवन बिमा समुहमा ५ सय ३१ अंकको गिरावट आउँदा निर्जिवन बिमा समुह २ सय ३८ अंकले ओर्लियो ।
यसदिन कारोबार भएका २ सय ४ कम्पनीमध्ये २० कम्पनीको शेयर मुल्य बढ्दा १ सय ४२ कम्पनीको शेयर मुल्य घट्यो ।
यसदिन २ सय ४ कम्पनीको ८२ लाख ५४ हजार कित्ता शेयर ४ अर्ब ६६ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्