१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वोच्चको भर गर्ने ठाउँ छैन : नेता भट्टराई


0
Shares

baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताउनुभएको हो ।

डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखी भएकाले अदालतसँग झिनो आशा भएपनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत बताउनुभयो । उहाँले जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर सभामुखले संसद बोलाउनुपर्ने बताउनुभयो ।

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक–पटक प्रतिगमन गरेको टिप्पणी गर्नुभयो ।अहिलेको प्रतिगमन केवल कुर्चीको लागि भएको उहाँको भनाइ छ ।

जसपाले संसद विघटनको बिरोधमा विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।