
काभ्रे, पुस १२ । काभ्रेमा पनि नेकपा विभाजनको असर देखिएको छ ।
जिल्लामा ओली समुह र दाहाल–नेपाल समुहले आफ्नो पक्षको शक्ति प्रदर्शन गर्न थालेका छन् ।
आइतबार जिल्लामा ओली समुहले धुलिखेलबाट बनेपामा रहेको पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेको छ ।
सहभागीले नेकपा जिन्दावाद, ओलीका लागि होइन भोलीका लागि लगायतका नारा लगाएका थिए ।
उता, दाहाल-नेपाल समुहले पनि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ ।
भेलालाई नेकपा स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेकपा बाग्मती प्रदेश कमिटी अध्यक्ष नारायण दाहाल, जिल्ला अध्यक्ष रुकु चौलागाँई लगायतले सम्बोधन गर्नुभएको थियो ।
दुवै पक्षले एक–अर्कालाई पार्टी एकता विरोधी पक्षकोे रुपमा चित्रण गरेका छन् ।
यता, पार्टी कार्यालय ओली समुहले कब्जा गरेसँगै दुई समुहबीच झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
काभ्रेमा ओली समुह बलियो रहेको आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्