१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बोक्सीको आरोपमा सासूलाई हत्या गरी फरार बुहारी पक्राउ


0
Shares

लहान, पुस १२ । बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् ।

बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।