
काठमाडौं, पुस १३ । ११ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन ।
आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन ।
कमिसन घटाउन माग गर्दै उनीहरुले अघिल्लो सोमबार कम्पनीमा ज्ञापनपत्र बुझाएका थिए ।
अधिकतम ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका थिए ।
कम्पनीले अहिले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।
राइडरहरुले ज्ञापनपत्र बुझाए पछि कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएमा ५ लाखको दुर्घटना बिमा गर्ने घोषणा गरेको थियो ।
राइडरले भनेको जस्तो गरी कमिसन घटाउने लगायतका मागमा भने कम्पनी सहमत भएको छैन् ।
पठाओका विभिन्न ११ बुँदे मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए ।
त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको प्रहरीले जनाएको छ ।
तोडफोडमा संलग्नलाई नियन्त्रण्मा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्