२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरा, डडेल्धुरा र बर्दियामा कांग्रेसको विरोध प्रदर्शन


0
Shares

जिल्ला ब्युरो (इमेज)
काठमाडौं, पुस १३ । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले सोमबार कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को पोखरा जिरो किलोमिटर तथा हरिचोकबाट प्रदर्शन सुरु गरिएको थियो ।

तालचोकको विरोधसभामा पूर्व सभामुख एवं काँग्रेसका महामन्त्री तारानाथ रानाभाटले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस डडेलधुराले पनि सरकारको असंम्बैधानिक कदम सच्याउन माग गर्दे डडेल्धुरा बजारमा प्रदर्शन गरेको छ ।

बर्दियामा पनि प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले प्रदर्शन गरेको छ ।

गुलरियामा भएको बिरोधसभाको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री संजय गौतम र राजापुरमा भएको बिरोध सभाको केन्द्रीय सदस्य डाक्टर गोपाल दहितले सम्वोधन गर्नुभएको छ ।

नेताहरुले सरकारको अलोकतान्त्रिक तथा असंवैधानिक कदम तत्काल फिर्ता लिन माग गरेका थिए ।