२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपालको राजनीतिमा शक्ति राष्ट्रहरुको स्वार्थ गहिरिन थालेको हो ?


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपीशर्मा ओलीले हठात् प्रतिनिधि सभा विघटन गरेसँगै दुई टुक्रामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोड्ने प्रयासमा छिमेकी मुलुक चीनको उच्चस्तरीय टोली नेपाल आएको विश्लेषण भईरहेको छ ।

भारतले पनि नेपालको राजनीतिमा गहिरो चासो राख्दै आएको छ ।

के हाम्रो राजनीतिमा शक्ति राष्ट्रहरुको स्वार्थ गहिरिन थालेको हो ?

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपप्रमुख कुओ यैचौ नेतृत्वको चार सदस्यीय टोलीको भ्रमणको मुख्य उदेश्य नै विभाजित नेकपा जोड्ने रहेको बुझ्ुन सकिन्छ ।

भारतीय कुटनीतिज्ञहरुले प्रधानमन्त्री केपीशर्मा ओली चीनसँग टाढिएको भनेर वक्तव्यबाजी गरिरहेको बेला चीनले देखाएको चासोले नेपालको राजनीतिमा शक्ति राष्ट्रहरुको स्वार्थ जोडिन थालेको विश्लेषण भइरहेको छ ।

भारत र चीनको स्वार्थ एकातिर छ, अर्कोतिर अमेरिका र युरोपेली युनियनको स्वार्थ पनि पक्कै छ ।

यति मात्र होइन, अहिलेको राजनीतिक घट्नाक्रमको पृष्ठभूमिमा शक्ति राष्ट्रहरु जोडिएको ठानिन्छ ।

शक्ति राष्ट्रहरुले नेपालमा आफ्नो स्वार्थ अनुकुल खेल्न खोज्नु अनौठो होइन ।

तर उनीहरुलाई ठाउँदिनु चाहिँ नेपाली राजनीतिज्ञकै भूमिका रहेको ठान्नुहुन्छ, कूटनीतिक विज्ञ डा. सञ्जीव हुमागाई ।

नेपालका राजनीतिज्ञहरु आफ्नो स्वार्थ पुरा हुने भएपछि खुमखुला विदेशी गुहार्न पछि पर्दैनन् ।

यो अक्षम्य अपराध हो, जुन राष्ट्रिय स्वाभिमान भएका नेपालीलाई किमार्थ स्वीकार्य छैन ।

अब नेताहरुलाई प्रश्न गर्नै पर्छ – के तिमिहरुको शक्ति र सत्ता स्वार्थका लागि नेपालीभूमिलाई विदेशीको रणमैदान बनाउनदिइरहने ?

भिडियो हेर्नुहोस्

भिडियो : दीलिप पोख्रेल