
पोखरा, पुस १३ । नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन गराइएको दाबी गर्नुभएको छ ।
दाहाल-नेपाल पक्षले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक फाँसीवादको दिशातिर गएको बताउनुभयो ।
नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको दाबी गर्दै नेता गुरुङले संसद विघटनको कदम राष्ट्रघाती भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुलाई चलखेल गर्नका लागि आधारभूमि तयार पारिदिएको आरोप नेता गुरुङले लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्