२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैंकको कर्जा प्रवाहमा सुधार


0
Shares

काठमाडौं, पुस १३ । आर्थिक क्षेत्र चलायमान बन्दै गएसँगै बैंकहरुमा कर्जा प्रवाह बढ्न थालेको छ ।

पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जाको माग बढ्न थालेको छ ।

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघले जनाएको छ ।

यसै अवधिमा निक्षेप संकलन भने १२ अर्ब रुपैयाँ पुगेको छ ।

पुस ३ गतेसम्म वाणिज्य बैंकहरुले ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

जसको एक साताबीचमा अर्थात् पुस १० गतेसम्म बैंकहरुले १७ अर्ब रुपैयाँले कर्जा बढाएर ३१ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएको संघले जनाएको छ ।

संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले पुस ३ गतेसम्म ३७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

पुस १० गतेसम्म बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेर ३७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।