१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकीले पाउने राहत दुई हजार डलर बनाइँदै, डेमोक्र्याट बहुल तल्लो सदनद्वारा ट्रम्पको माग सदर


0
Shares

us corona support package

एजेन्सी, पुस १४ । अमेरिकी नागरिकले फेरि दुई हजार डलर राहतका रुपमा पाउने भएका छन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नागरिकलाई दुई हजार डलर रकम प्रदान गर्ने प्रस्तावमा सहमति जनाएको हो ।

डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन (२७५–१३४) ले राहत रकम ६ सयबाट दुई हजार बनाउने व्यवस्था पारित गरेको हो ।

राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बल्ल हस्ताक्षर गर्नुभएको थियो । तर डेमोक्रेट बहुल तल्लो सदनले ट्रम्पकै माग बमोजिम राहतलाई दुई हजार बनाउन सहमति दिएको हो ।

यससम्बन्धमा अन्तिम निर्णय भने ट्रम्पकै पार्टी रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेट गर्नेछ ।

राहत रकम बढाउने प्रस्तावको विपक्षमा १३० रिपब्लिकन, दुई स्वतन्त्र र दुई डेमोक्र्याट रहेका थिए ।

अमेरिकाले कोरोना भाइरसका कारण अवसर गुमाएकाहरुलाई राहत रकम तिरण गर्दै आएको छ ।