१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले वैशाखमा चुनाव गर्दैनन्, संकटकाल लगाउँछन्ः बालकृष्ण खाँण


0
Shares

congress balkrishna khan

बुटवल, पुस १४ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गराउने उद्देश्यले संसद विघटन नै नगरेको आरोप लगाउनुभएको छ ।

बुटवलमा पत्रकारहरुसँगसंसद विघटनलाई असंवैधानिक भन्दै खाँणले सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले ओलीले चुनाव नगराउने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संकटकालसम्म लगाउनसक्ने आशंका गर्दै खाँणले भन्नुभयो, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद लाद्न नपाएपछि प्रतिनिधि सभा विघटन गर्नेले किन चुनाव गराउँछन् ?’

नेकपामा ओलीभन्दा दाहाल–नेपाल समूहसँग सहकार्य हुने प्रष्ट गर्दै उहाँले संसद पुनर्स्थापना भएपछि पनि दाहाल–नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने बताउनुभयो ।

एकाधिकारवादी र निरंकुश चरित्र बाकेकै कारण ओलीले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याएको आरोप पनि उहाँले लगाउनुभयो ।

औषधि खरिदलगायतका सरकारले गरेका ठूला भ्रष्टाचार लुकाउन संसद विघटन गरिएको आक्षेप उहाँको थियो ।