
चितवन, पुस १४ । जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता वितरण सेवालाई सरल र छिटो बनाउन समयतालिका हेरफेर गरेको छ ।
यसअघि इमेज समाचारमा नागरिकता लिनै सकस शीर्षकमा सेवाग्राहीहरुको गुनासोसहित रिपोर्ट प्रसारण भएको थियो ।
पहिले एकै दिनमा नागरिकता पाएपनि पछिल्लो समय कागजपत्र बुझाएको दिन टोकन दिएर कम्तिमा एक सातापछि बोलाएर पनि नागरिकता नपाउने समस्या रहेको सेवाग्राहीले बताएका थिए ।
टोकनमा उल्लेखित मितिमा पुग्दासमेत नागरिकता पाउन सकेका थिएनन् ।
प्रशासकीय अधिकृत खेमराज पौडेलको हस्ताक्षरसहित जारी गरेको सुचना अनुसार नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता अब बिहानै ८ बजेदेखि वितरण गर्न सुरु गरिनेछ ।
नागरिकता लिने सेवाग्राहीको भीड बढेका कारण समयतालिका हेरफेर गरिएको जनाइएको छ ।
यसअघि बिहान १० बजेबाट मात्रै सेवादिने गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्