१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनाव गराउन प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको : दाहाल


0
Shares

काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

विरोध सभामा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले चुनाव गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको दावी गर्नुभयो ।

उहाँले चुनाव हुँदैमा ऐतिहासिक गलत नजिर बस्ने भन्दै नेपाली जनताको भाग्य भविष्य के हुन्छ ?

भनी चिन्ता लागेको बताउनु भयो ।

उहाँले नेपाली जनताको भाग्यभविष्य बनाउन पनि संसद पुनस्र्थापना गर्नका लागि सबै राजनीतिक दललाई आह्वानसमेत गर्नुभएको छ ।

संसदको रक्षा गर्ने जिम्मेवारी सबैको जिम्मेवारी भएको भन्दै दाहालले संविधानको रक्षा गर्न सबैमा अपील गर्नुभयो ।

उहाँले सबैलाई एक महिनामात्रै सडक आन्दोलनमा साथ दिए प्रतिगमन सच्चिने पनि बताउनुभयो ।

राजधानीको भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको छ ।

प्रदर्शनमा पार्टी अध्यक्षद्वय ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता रहेको थियो ।

नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।