२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीले जनमत कुल्चिए : नेकपा नेता रावल


26
Shares

कैलाली, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि कुठाराघात गरेको आरोप लगाउनु भएको छ ।

धनगढीमा मंगलबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमत कुल्चिएका छन् भन्नुभयो ।

शहीदको रगत र पसिनाको बलमा संविधान सभाबाट बनाइएको संविधानलाई ओली नेतृत्वको सरकारले कुल्चिएको उहाँको आरोप थियो ।

संसद विघटनपछि मन्त्री बनेकाहरुलाई रावलले कर्तव्यच्युतहरु भन्दै उनीहरु गुलियो चाट्नका लागि मन्त्री भएका आरोप लगाउनुभयो ।