१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्य मात्र सूचना दिनुः मन्त्री ढकाल


0
Shares

काठमाडौं, पुस १४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा मंगलबार नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन सचेत गर्नुभयो ।

ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नलाई नडराउन उहाँले आग्रह गर्नुभयो ।

मन्त्री ढकालले यस अघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो ।

तर समय परिस्थिति अनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाइ थियो ।

मन्त्री ढकालले व्यक्तिगतभन्दा पनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा नभएको अवस्थामा नयाँ कानून निर्माण गर्न नसकिने भएकाले कानूनी सुधार भन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न मन्त्री ढकालले आग्रह गर्नुभयो ।