
पोखरा, पुस १४ । कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरा यस पटक पनि अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर सडक महोत्सव गरिने भएको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराले पुस १५ देखि १७ गतेसम्म लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव आयोजना गर्न लागेको हो ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै महोत्सवको तयारी गरिएको जानकारी दिनुभयो ।
सडक महोत्सव सहिदचोकदेखि हल्लन चोकहुँदै जरेवरसम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।
अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्