२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नौ महिनापछि सवारी लाइसेन्स खुला, एकैचोटी आवदेन दिँदा यातायातको सर्वर नै क्र्यास


0
Shares

दिपक श्रेष्ठ (इमेज)
काठमाडौं, पुस १४ । विगत नौ महिनादेखि बन्द रहेको चालक अनुमति पत्रको परीक्षा प्रक्रिया मङ्गलबारदेखि खुलेको छ ।

परीक्षका लागि अनलाइनबाट फारम भर्न शुरु गरिए पनि हजारौं मान्छेले एकै चोटी आवदन दिन खोज्दा यातायात व्यवस्था विभागको सर्वर नै त्र्mयास भएको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो ।

त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने बल्ल खुलाइएको हो ।

यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा लाइसेन्स लिन चाहनेहरुको चाप थामिनसक्नु भएको छ ।

कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोलेको यातायात ब्यवस्था बिभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताउनुभयो ।

लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेको भन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभाग रहेको छ ।

तर लाइसेन्स लिन चाहनेहरुको संख्या निकै ठूलो रहेकाले विभगले चुस्त रुपमा लाइसेन्स वितरण गर्ने प्रक्रिया अपनाउनु पर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

भिडियो : लक्ष्मनमान डंगोल