१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन विरुद्धको आन्दोलनले कोरोनाको संक्रमण झन् फैलिने खतरा


0
Shares

प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् ।

राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् ।

राजनीतिक स्वार्थका लागि सडकमा आउनेहरुले आफ्नै स्वास्थ्यको भने कत्ति पनि ख्याल नगरेकाले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ ।

कोरोना संक्रमणका कारण सरकारले सभा सम्मेलन वा ठुलो कार्यक्रम गर्न अहिले पनि स्विकृति दिएको छैन् ।

तर विगत १० दिन यता दिनहु जसो सडकमा सर्वसाधारणको ठुलो भिड देख्न सकिन्छ ।

न मास्कको प्रयोग, न त सामाजिक दुरी, न त जनस्वास्थ्यको मापदण्ड नै ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रति असन्तुष्टि जनाउदै सुरु भएको विरोध प्रदर्शनका कारण संक्रमणको जोखिम उच्च रुपमा बढ्ने देखिएको हो ।

सडक प्रदर्शनमा के वालक, के वृद्ध सबैखाले मानिसलाई उतार्ने कोशिस आन्दोलनकारीले गरेका छन ।

तर उनीहरुले सामान्य मास्कको प्रयोग समेत गरेका छैनन् ।

पूर्व प्रधानमन्त्रीहरुदेखि थुप्रै मन्त्रीहरुको समेत सहभागीता भईरहेका यी आन्दोनलहरुमा कोरोना भाइरस संक्रमण नहोस भन्ने सामान्य मापदण्ड समेत अपनाएको पाइदैन ।

बरु आन्दोनलमा आउनेहरुले संक्रमणको कुनै डर छैन् भन्न हिच्किचाउदैनन् ।

परीक्षण घटेका कारण नेपालमा १ महिना यता संक्रमितको संख्या समेत घटेको देखिन्छ ।

तर जति परीक्षण गरिएको छ त्यसको १० प्रतिशत बढीमा संक्रमण देखिने गरेकाले संक्रमणको अवस्था अहिले पनि भयावह नै छ भन्ने प्रष्ट हुनछ ।

दिनहुको यस्तो विरोध जुलुस र सभाका कारण संक्रमणको दर झन उच्च हुने निश्चित छ ।

तर आन्दोलनका सहभागी भने आफनो स्वास्थ्य भन्दा देशको चिन्ता बढी भएका कारण आन्दोलनमा आएको बताउछन ।

वेलायत, अमेरिका लगाएतका देशहरुमा कोरोना संक्रमण नँया स्वरुपमा फैलिरुहेको छ ।

जसको असर नेपालमा पनि पर्नेमा शंका छैन ।

वेलायतवाट आएका ५ जना व्यक्तिलाई हाल निगरानीमा राखिएको छ ।

तर सडकमा ओर्लिनेहरु चाहीँ सरकारको गलत कदम विरुद्ध सडकमा जान बाध्य भएको तर्क गरिरहेका छन् ।

विरोध कार्यक्रमहरु आयोजना गर्ने पक्षले कम्तिमा जनस्वास्थ्यका सामान्य मापदण्ड अपनाउन ध्यान नदिने हो भने राजनीतिक रोगले भन्दा चाँडै कोरोनाले संकट नल्याउला भन्न सकिंदैन ।

भिडियो हेर्नुहोस्

भिडियो : दिलिप पोख्रेल