
काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले बैशाखपछि प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री नरहने र उहाँको राजनीति पनि पत्तासाफ हुने ठोकुवा गर्नुभएको छ ।
प्रतिनिधीसभा विघटन विरुद्ध नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले ओली श्री–३ महाराज बन्न खोजे पनि जनताले साथ नदिने बताउनुभयो ।
वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने र पत्तासाफ हुने दाहालको भनाइ थियो ।
नेकपा विभाजन भइसकेको स्वीकार्दै दाहालले कम्युनिष्ट विभाजन भएको मौकामा बहुमत ल्याउँछु भन्ने सपना नदेख्न कांग्रेसलाई चेतावनी दिनुभयो ।
सभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको आयु सकिए झै असंवैधानिक कदम चाल्ने ओलीको आयु पनि सकिएको घोषणा गर्नुभयो ।
नेपालले असंवैधानिक कदम सच्याएर ओलीले माफी मागे टेबुलमा बसेर छलफल गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्