
काठमाडौं, पुस १५ । ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिले सञ्चालन गरेको ‘मिस युनिभर्स नेपाल २०२०’ सँग एनसेलले सहकार्य गरेको छ ।
आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको एनसेलले जनाएको छ ।
महिला सशक्तीकरण प्रवद्धनमा यो सहकार्य फलदायी हुने एनसेलले विश्वास लिएको छ ।
उत्कृष्ट १८ छनोट गरेको ‘मिस युनिभर्स नेपाल २०२०’ को फाइनल बुधबार साँझ हुनेछ ।
उत्कृष्ट १८ बाट छानीने एकले मिस युनिभर्स नेपालको उपाधि पाउनेछन ।
प्रतिक्रिया दिनुहोस्