१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धुलिखेलमा राष्ट्रिय विभुति कुँवरको शालिक अनावरण


0
Shares

काठमाडौं, पुस १५ । काभ्रेको धुलिखेल नगरपालिका–९ देविस्थानमा नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक अनावरण गरिएको छ ।

शालिक अनावरण गर्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपालको इतिहास राख्न सफल राष्ट्रिय विभूति कुँवरको शालिक निर्माण गरी राष्ट्र निर्माणमा उहाँले पु¥याएको योगदानको स्मरण गरेको बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने साविक भमरकोटमा उहाँको जन्म भएको ईतिहासमा उल्लेख छ ।

सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा बलभद्र कुँवरको विक्रम सम्वत १८४५ पुष १५ गते जन्म भएको थियो ।

नगरपालिकाको २० लाख रुपैया आर्थिक सहयोग तथा नेपाली सेना विष्णु दल गण र स्थानीय उपभोक्ता समितिको तर्फबाट जनश्रमदान गरी पार्क सहितको शालिक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागाईले जानकारी दिनुभयो ।