
काठमाडौं, पुस १५ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।
यसदिन बजार परिसूचक नेप्से ४९ अंकले उकालो लागेर २ हजार ६५ पुग्यो ।
यस दिन कारोवार भने साढे ४ अर्ब हाराहारी पुग्यो ।
यस दिन होटल र विकास बैंक समूह बाहेक अरु सबै समूह सुधारिए ।
उत्पादनमूलक समूह सबैभन्दा उच्च ३ सय ४८ अंकले उकालो लाग्दा व्यापार समूहमा पनि १ सय ८२ अंकको बृद्धि आयो ।
जीवन बिमा समूह १ सय ५३ अंकले अनि निर्जिवन बिमा समूह पनि १ सय ४६ अंकले उकालो लागे ।
अन्य, लघुवित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यस दिन ९५ कम्पनीको शेयर मुल्य बढ्दा ६० कम्पनीको घट्यो ।
यस्तै २० कम्पनीको मुल्य भने स्थीर रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय आठ कम्पनीको ९९ लाख बढी कित्ता शेयर ४ अर्ब ४४ करोड बराबरमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्