१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिँचाइ पुग्ने भएपछि धमिले फाँटका किसान उत्साहित


0
Shares

सिन्धुली, पुस १६ । सिन्धुली जिल्ला कमलमाई नगरपालिका धमिले फाँटका किसान व्यवस्थित नहर हुने भएपछि उत्साहित भएका छन् ।

पर्याप्त सिँचाइको सुविधा नभएर वर्षौदेखि समस्या खेप्दै आएका किसानले बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माण हुने करिब ६ किलोमिटर दूरीको सिँचाइ नहर उपभोग गर्न पाउने भएका हुन् ।

धमिले फाँटका १५२ घरपरिवारको कुल १ सय २६ हेक्टर कृषि उत्पादनका लागि उर्वराभुमिमा सिँचाइ सुविधा पाउने भएका हुन् ।